जिपि फाउन्डेसनले सम्झियो स्वर्गीय काेइरालालाई

 चैत ०७, २०७७

तुलसीपुर । स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिबसको अबसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन तुलसीपुर उप महानगर समितिले कार्यक्रम गरि सम्झिएको छ । फाउन्डेसनका नगर समिती अध्यक्ष डिल्ली बहादुर डागिकाे अध्यक्षता, प्रदेश सांसद तथा नेपाली काङ्ग्रेसका नेता शंकर गिरिको प्रमुख आतिथ्य तथा फाउन्डेसनका प्रदेश सदस्य नेपाली काङ्ग्रेसका नेता केशव आचार्यको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद शंकर गिरिले अहिलेको राजनितिक किचलोवाट पार पाउन गिरिजा प्रसाद कोइरालाले देखाएको सहमति सहकार्य र एकताको निति झनै सान्दर्भिक रहेको बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथि फाउन्डेसनका प्रदेश सदस्य केशब आचार्यले नेपालको राजनीतिमा गिरिजा प्रसाद कोइरालाको योगदान अबिस्मरणिय रहेको चर्चा गर्नुभयो । कार्यक्रममा फाउन्डेसनका जिल्ला काेषाध्यक्ष देबेन्द्र रिजाल, शान्तिनगर पालिका अध्यक्ष नरेश डागि, फाउन्डेसनका जिल्ला सदस्य चेत बहादुर सेर्पाइलि, जिल्ला बारका पुर्ब अध्यक्ष भागबत रेग्मि, फाउन्डेसनका नगर सदस्य चिरन्जिबि रिजाल, तुलसीपुर ११ नम्बर वडा सदस्य सुबास डागि लगायतले गिरिजा प्रसाद कोइरालाको निति तथा योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण फाउन्डेसनका नगर सचिब निम बहादुर केसिले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया