आर्थिक विकासमा चेम्बरको निरन्तर योगदान: केसी

 चैत ०७, २०७७

तुलसीपुर ।

प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले निजि क्षेत्रको सहयोग विना समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ । तुलसीपुर चेम्बर अफ कर्मसको प्रथम साधारण सभा एवं अधिवेशनको उदघाटन समारोह लाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले देशको विकासको लागि निजी क्षेत्रको भुमिका महत्वपुर्ण रहने हुदा ब्यवसायीका समस्या समाधानमा राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।

उद्योगी व्यावसायिको क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको बताउदै औद्योगिक उत्पादनका क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनुभयो । कोरोना महामारीको समयमा खेलेको भुमिका देखि लिए मुलुकको आर्थिक विकासमा समेत निरन्तर योगदान पु¥याउँदै आएकोमा सराहना व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले समृद्ध तुलसीपुरको नारालाई सफल पार्न निजी क्षेत्रले महत्वपुर्ण योगदान रहने बताउनुभयो । त्यसैगरी अन्य बक्ताहरुले व्यापार व्यवसाय सन्चालन गर्दा ढुक्कले लगानी गर्ने बातावरण हुनुपर्ने बताएका छन् । उनीहरुले कुनै पनि व्यापार व्यवसाय गर्दा ढुक्कको साथ लगानी गर्ने बातावरण नभएको भन्दै आफुहरुको लगानी सुरक्षित हुनु पर्नेमा जोड दिएका छन् ।

आफुहरुको लगानीको सुरक्षित भए ठुला ठुला व्यवसायमा लगानी गर्न तयार भएको उनीहरुको धारणा थियो । कर्मसका अध्यक्ष टोप बहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेता विनोद शर्मा, नेपाली काग्रेसका नेता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ का घनश्याम ढकाल, वडा नम्वर ६ का वडा अध्यक्ष नवराज लामीछाने, दाङ चेम्बर अफ कर्मसका अध्यक्ष श्रीधर महरा, तुलसीपुर उद्योग बाणिज्य संघका पुर्व महासचिव नेत्रलाल वली, तुलसीपुर प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष जनक खराल लगाएतले बोल्नु भएको थियो ।

कर्मसका उपाध्यक्ष बेनु अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेमप्रकाश गिरी र सचिव ऋषिराज भण्डारीले गर्नु भएको थियो । साथै सोहि अवसरमा कोरोना माहामारीको समयमा अनवरत रुपमा सेवामा खटिएर महत्वपुर्ण योगदान गरेको भन्दै स्वास्थ्य क्षेत्रबाट दोर्ण वली, अपाङगताको तर्फबाट रोसन गिरी ,व्यवसायी तर्फबाट सामाजसेवी टेकराम खड्का लगाएत व्यवसायी तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया