बेलटाकुरामा भएको स्वास्थ्य शिविरमा एकसय बढिले सेवा लिए

 चैत ०८, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा एक दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । ठकुरी सहयोग सञ्जाल दाङको आयोजना र तुलसीपुरस्थित पाल्पाली पोलिक्लिनिकको सहयोगमा शिविर सञ्चालन गरिएको हो । निशुल्क श्वास्थ्य शिबिरमा १ सय ९ जनाले सेवा लिएको सञ्जालका सदस्य रमेश मल्लले जानकारी दिनुभएको छ ।
बिहान ११ बजेदेखि सुरु हुने स्वास्थ्य शिविर बेलुका ५ बजेसम्म सञ्चालन गरिएको थियो । घर नजिकै श्वास्थ्य सेवा पाउदास्थानियले खुसी ब्यक्त गरेका थिए । शिविरमा सुगुर, प्रेसर, थाईराईड, रगतको निशुल्क चेकजाच गरिएको थियो । चेकजाँच पछि केहि औषधि समेत निशुल्क रुपमा वितरण गरिएको थियो । उक्त शिविरमा सञ्जालका अध्यक्ष श्रीङगार शाह, विशाल शा लगायतको सहभागिता रहेको थियो ।।

तपाईंको प्रतिक्रिया