तुलसीपुरका दुई जनामा कोरोना देखियो

 चैत १२, २०७७

तुलसीपुर ।

तुलसीपुरमा फेरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा तुलसीपुरका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभएको छ । उहाका तुलसीपुर ४ का र वडा नम्वर १७ का महिला रहेका छन् ।

हाल उनीहरु घोराहीमा बस्ने गरेको बताईएको छ । उनीहरु होम आईसोलेसनमा बसेको जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिनु भएको छ । यो संगै तुलसीपुरमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ८२२ पुगेको छ ।

पछिल्नो समय तुलसीपुरमा कसैलाई पनि कोरोना देखीएको थिएन । तर फेरी कोरोना संक्रमित थपिन थालेपछि सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ । कोरोना माहामारीबाट जोगिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड अन्तर्गत मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने तथा सेनिटाईजरको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया