एमालेका यी सांसद परे कारबाहीमा

 बैशाख ०३, २०७८

काठमाडौं ।

‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ । मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको हो ।

शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

एमाले प्रमुख सचेतक गुलावजंग शाहले दलको बैठकले चार सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको जानकारी दिए । एमालेका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका थिए । एमालेका चार सांसदको मत पाएपछि शाही नेतृत्वको सरकार जोगिएको छ ।

तपाईंको प्रतिक्रिया