त्रिपालमुनि अग्निपिडितको बाँस

 बैशाख ०४, २०७८

देउखुरी ।
खानेपानीको छेवैमा अस्थायी रूपमा पहेँलो त्रिपाल टागिएको छ । चारवटा काठको खामामा एक कोठे बराबरको त्रिपाल मुनि दुईवटा काठे खटिया जोडेर बिच्छाइएको छ । चारैतिरबाट वरपर खुला छ । स–साना केटाकेटी सहित पाँचजनाको परिवार त्यहीँ त्रिपाल मुनि बाँस बिताउन बाध्य छन् । छ दिन भयो घर जलेर खरानी भएको । शरिरमा लगाएको लत्ताकपडा र नागरिता बाहेक केही बचाउन सकिएन ।

चैत २७ गते दिउँसो एक बजे शुक्रबारका दिन दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी ससराम राना मगरको घरमा सामुदायिक वनबाट पसेको आँगोले घर जलेर पूर्णरूपमा क्षति भएको छ । नयाँ साल अर्थात् बैशाख एक गतेका दिन सबैको घर–घरमा मिठो मसिनो खानेकुरा पाक्यो । सबैले मिठोमनिो खानेकुरा पकाएर खाइ नयाँ वर्ष हर्षउल्लासका रुपमा मनाए तर, राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी ससराम राना मगरको घरमा नत चुल्यो नै बल्यो न केही खाने कुरा पाक्यो ।

‘भोकैपेट बस्र्यौ, राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी अग्निीपिडित रानाले भन्नुभयो । घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत आँगलागीमा परेका छन् । सो घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएका छन् । भारतसंग जोडिएको दाङको राजपुर गाउँपालिका सबैभन्दा उच्च डाँडा र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आँगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो ।

खाद्यान्न र लत्ताकपडा बोकेर सांसद थारू नाकामा
लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारु खाद्यान्न र लत्ताकपडा बोकेर भारतसंग जोडिएको दाङको भैसाहीँनाका पुग्नुभएको हो । राहात स्वरुप सोह्र कुन्टल चामल, एक कुन्टल गहुँ एक कुन्टल, लत्ताकपडा, भाडाकुडा र त्रिपाल बोकेर सदस्य थारु शुक्रवार अग्निपिडितको घरमै पुगेर वितरण गर्नुभएको पत्रकार शिवु खनालले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया