एमाले क्षेत्रनम्बर ३ को ईन्चार्जमा रावत

 बैशाख ०६, २०७८

तुलसीपुर ।

नेपाल कम्युनिष्ट पार्टी एमाले दाङ निर्वाचन क्षेत्र नम्बर ३ को ईन्चार्जमा मान बहादुर रावत चयन हुनुभएको छ । एमाले जिल्ला कमिटी दाङ्गको छैटौं पुर्ण बैठकले रावतलाई ईन्चार्जको जिम्मेवारी दिएको हो । रावत यस अघि पनि विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ ।

जिल्लाको सबै क्षेत्रको जिम्मेवारी बाडफाड गर्ने क्रममा क्षेत्र नम्बर १ को ईन्चार्जमा नारायण डागी छम्पाली, २ नम्बर क्षेत्रको ईन्चाजमा विबेक श्रेष्ठ चयन हुनुभएको छ । जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षता तथा केन्द्रीय कमिटीका सदस्य तथा लुम्बिनी प्रदेस कमिटीका सचीव खेममान खड्काको प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।

तपाईंको प्रतिक्रिया