लुम्बिनी प्रदेश सरकारका नयाँ चार मन्त्रीले लिए सपथ

 बैशाख ०६, २०७८

लुम्बिनी ।

लुम्बिनी सरकारमा थपिएका चारजना मन्त्रीले सपथ लिएका छन् । आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएका थिए ।

एक समारोहका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई पद तथा गोपनियताको सपथ गराएका छन् । विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी नयाँ मन्त्री बनेका हुन् ।

तपाईंको प्रतिक्रिया