भेरी अस्पताल जटिल अवस्थाका संक्रमितले भरियो

काठमाडौं ।
भेरी अस्पतालमा जटिल अवस्थाका कोरोना संक्रमित भर्ना हुन थालेपछि अक्सिजनको अभाव भएको छ। कोरोना संक्रमितले अस्पतालमा बेड भरिएका छन्रा । जटिल अवस्थाका संक्रमितहरू उपचार गर्न आइरहेकाले अक्सिजन मागको चाप बढी भएकाले अभाव हुँदै गएको अस्पतालले जनाएको छ। दैनिका २५० वटा सिलिन्डर प्रयोग हुने गरेको छ । मागअनुसार आपूर्ति नभएको अस्पतालले जनाएको छ ।
अस्पतालमा रहेको १४२ बेडमा संक्रमित रहेकाले ग्यासको अभाव हुँदै गएको अस्पतालका मेसु डा. प्रकाश थापाले थाहाखबरलाई जानकारी दि ए। अक्सिजनको अत्यधिक माग भएकाले अहिले पुर्याउन सक्ने अवस्था नरहेको उनले बताए ।
उनका अनुसार अस्पतालमा ४२ जना आइसियु र ६ भेन्टिलेटरमा कोरोना संक्रमित उपचाररत छन्। ५ वटा मात्र बेड राख्न मिल्ने ठाउँमा ८ वटा बेड राखिएको डा. थापाले बताए । केही संक्रमितलाई बिनाअक्सिजन उपचार गरिएको उनको भनाइ छ ।
तपाईंको प्रतिक्रिया