तुलसीपुरमा १९ संक्रमित थपिए

तुलसीपुर ।
तुलसीपुरमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज वडा नम्बर ६ का ३ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर १६ का ३ जना, वडा नम्बर १७ का १ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर ९ का १ जना, वडा नम्बर १२ का २ जना, वडा नम्बर १ का १ जना, वडा नम्बर ११ का २ जना र वडा नम्बर १८ का ३ जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभएको छ ।
ती मध्ये २ जना हालै भारतबाट आएका नागरीक हुन । यो सगैं तुलसीपुरमा सक्रिय संक्रमीतको सङ्ख्या २६४ पुगेको छ ।
तपाईंको प्रतिक्रिया