बाँकेमा एक साताका लागि निषेधाज्ञा

 बैशाख १२, २०७८

तुलसीपुर । बाँके जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार रातीबाट लागू हुनेगरी निषेधाज्ञाको जारी गरेको हो । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ ।

यस्तै एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने आदेशमा उल्लेख छ । उक्त आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने पनि उल्लेख छ ।

तपाईंको प्रतिक्रिया