बाँकेमा आज मात्रै २०५ जना निको भए

 बैशाख १७, २०७८


नेपालगञ्ज ।

नयाँ भेरियन्ट कोराना भाइरसको हटस्पट बनेको बाँकेमा केहीदिन यता संक्रमितहरु निको हुने क्रम तिव्र गतिमा बढेको छ । ठूलो संख्यामा संक्रमित थपिने क्रम जारी रहेकै बेला दैनिक दुइ सय भन्दा बढी संक्रमितले कोरोना जितेर घर फर्किन थालेका छन् ।

सोही क्रममा बाँकेमा आज मात्रै एकैदिन ५ वर्षिय बालक र ७१ वर्षिया बृद्धा समेत गरेर २०५ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएर घर फर्किएका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले उच्च मनोबलका साथ कोरोनासंग लडेका २०५ जनाले कोरोनालाई परास्त गरेर घर फर्किएको बताउनुभयो ।

उहाँले विहिबार पनि १०० महिला र १४४ पुरुष गरेर २४४ जना संक्रमित निको भएर घर फर्किएको बताउनुभयो । दुई दिनमा मात्रै जिल्लामा ४४९ जना संक्रमित निको भएर घर फर्किएको फोकल पर्सन ओलीले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया