सरकारले भन्यो – स्वास्थ्य प्रणालीले थेग्दैन, सावधान हुनु

 बैशाख १७, २०७८

काठमाडाैं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको दर डरलाग्दो देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सर्वसाधारणलाई अपिल गर्दै देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिएकाले संवेदनशील बनिदिन अपिल गरेका छन् ।

कोरोना धेरै बढेकाले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको अपिलमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया