दिल्लीमा लकडाउनको समय थपियो

 जेठ ०९, २०७८

तुलसीपुर ।
भारतको राजधानी दिल्लीमा थप एक साताका लागि लकडाउनको समय लम्ब्याइएको छ । कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरलाई ध्यानमा राखी दिल्ली सरकारले एक साताका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ३१ मे बिहान ५ बजेसम्मका लागि लकडाउनको समय थप गरिएको बताउनुभएको हो ।

त्यसबाहेक कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सकहरु जो आफै सङ्क्रमित भइ मृत्युवरण गरेका छन् उनीहरुका लागि पनि दिल्ली सरकारले राहतको घोषणा गरेको छ । मुख्यमन्त्री केजरीवालले कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक जो आफै सङ्क्रमित भएर मृत्युवरण गरेका छन् उनीहरुको परिवारलाई १ करोड रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गर्नुभयो ।

तपाईंको प्रतिक्रिया