देशैभर उच्च वर्षा हुने, सतर्कता अपनाउन आग्रह

 जेठ १३, २०७८

काठमाडाैं ।

आज (जेठ १३) देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । ​पश्चिम बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली चक्रवात वायुका कारण देशैभर वर्षा हुने महाशाखाले जनाएको छ। (YAAS) नामक चक्रवात वायु समुद्रबाट जमिततर्फ प्रवेश गरिसकेकाले उक्त चक्रवात उत्तरपश्चिममा सर्ने क्रममा रहेको जनाइएको छ ।

जसका कारण केही दिन नेपालको माैसममा असर पर्ने भएकाले सतर्कता अपाउन आग्रह गरिएको छ। जेठ १३, १४ र १५ प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । प्रदेश १, २ र बागमतीमा अति भारी वर्षा हुने र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा चट्याङसहित उच्च वेगको हावाहुरी आउने महाशाखाले अनुमान गरेको छ। कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने जनाइएको छ ।

त्यसैगरी हिमाली तथा उच्च पहाडी भेगमा पनि हिमपातसहित वर्षा हुने अनुमान गर्दै महाशााले विपद् व्यवस्थापनमा जुट्न आग्रह गरेको छ।

तपाईंको प्रतिक्रिया