फ्लोरिडामा गोली चल्यो : दुईजनाको मृत्यु

 जेठ १७, २०७८

काठमाडौं ।

अमेरिकाको फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केरे भीडमा अन्धाधुन्ध गोली हानेका थिए । आइतबार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी भएको गोली चलाइएको थियो ।

मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन् । शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक्ति घाइते भएका थिए । बन्दुक हिंसाको कारण अमेरिकामा वार्षिक रूपमा सयौँको मृत्यु र हजारौं घाइते हुने गरेका छन् ।

तपाईंको प्रतिक्रिया