लमहीमा गाडी तोडफोड गर्ने दुई जना पक्राउ
तुलसीपुर ।
लमहीमा गाडी तोडफोड गर्ने दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ५ रातोडाडा निवासी वर्ष २६ का रोशन भेटवाल र वडा नम्बर ६ देउपुर निवासी २७ वर्षिय सुदन केसी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका भेटवाल र केसीले कुनै ब्यक्तिगत रिसिबीले नभैइ मादक पदार्थले मातिएर गरेको प्रहरी निरीक्षक पौडेलले बताए ।
सिसि टिभी फुटेजका आधारमा प्रहरीले निकै मेहनत गर्दै जाँदा मादक पदार्थले मातिएर तोडफोड गर्ने ती दुई जना युवालाई नियन्त्रणमा लियो । वडा कार्यालयमा ल्याएर सोधपुछ गर्दा पक्राउ परेका दुबै जनाले स्विकार गरेका थिए ।
गयराती लमही ५ निवासी आशिष् न्यौपानेको भे १ च २७२६ नम्बरको बोलेरो, सीता रेग्मीको भे १ च २८१२, दिलिप जिसीको लु १ ख ९१४९ नम्बरको बस, कौसल जैसवालको ना ८ ख ५३५० डिलक्स बस, दिनेश आचार्यको १७५९ नम्बरको मिनि ट्रक, केशब घिमिरेको सामान ढुवानी गर्ने रा १ च १२८८ नम्बरको सानो भ्यान, मिनराज पाण्डेको प्र ३ – २२–२९७२ न को कार, र भरत बिश्वकर्माको बा २१ च ९८९५को गाडी माथी तोडफोड भएको थियो ।।
तपाईंको प्रतिक्रिया