थबाङलाई स्वास्थ्य सामग्री सहयोग

तुलसीपुर ।
नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री वर्षमान पुन ‘अनन्त’ र लुम्बिनि प्रदेशका पार्टी अध्यक्ष तथा पुर्व सभामुख ओनसरी घर्तिले थबाङ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग प्रदान गर्नुभएको छ ।
सामाग्री हस्तान्तरण गर्दै आफ्नो सहयोगले थबाङ निवासीहरुमा संक्रमित भएका बिरामी र संक्रमित हुनबाट जोगिन थप मद्दत पुग्ने पुर्व मन्त्री पुनले बताउनु भयो । हस्तान्तरण कार्यक्रममा रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेश राज सुवेदी, सशस्त्र प्रहरी बल रोल्पाका प्रमुख होमनाथ भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर १ थान, अक्सिजन ब्याग १० थान,पिपिई २ सेट,ईन्टिजन किट १०० वटा , माक्स र सेनिटाईजर प्रदान गरिएको हो । श्वास्थ्य सामाग्रि सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले धन्यवाद ब्यक्त गर्नुभएको प्रेस सल्लाहकार विमल डागीले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया