इलाम- २ मा एमालेका सुहाङ नेम्बाङ विजयी

 बैशाख १८, २०८१

इलाम | इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्। सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका छन् ।

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् । ६९ हजार ३७४ मत गणना भइ सुहाङ विजयी भएका ह्रुन्।

तपाईंको प्रतिक्रिया