यस्तो छ आजको मौसम

 असार २५, २०७८

काठमाडौं ।

मनसुनी वायुको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती प्रदेशका केही स्थानमा मध्यम र केही स्थानमा भीषण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिक्रिया