अमेरिकाबाट १५ लाख डोज खोप आइपुग्दै
काठमाडौं ।
अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरसविरुद्धको १५ लाख डोज खोप आज नेपाल आइ पुग्दै छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एन्ड जोन्सनको खोप खोप आज विहान नेपाल आइ पुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन् । आज आउने खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राजदूत र्याण्डी बेरीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोग अन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो।



तपाईंको प्रतिक्रिया