नदीमा हाम फालेका एक दम्पती अझै भेटिएनन्

तुलसीपुर । पुर्वी रुकुमको पुथाउत्तरगंगा नदीमा हाम फालेर बेपत्ता भएका एक दम्पती अझै भेटिएका छैनन । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङसीका ३६ वर्षीय मनिचन विक र उहाँकी श्रीमती ३० वर्षीया अमृता विक गत आईतवार साँझ उक्त नदीको पुलबाट हाम फालेर वेपत्ता भएका थिए ।
उनीहरु वेपत्ता भएको छ दिन वितिसक्दा पनि अहिले सम्म कुनै फेला नपरेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी निरीक्षक मान बहादुर बिसीले जानकारी दिनुभयो ।
घरायसी विवादका कारण श्रीमतीले नदीमा हाम फालेको र श्रीमतीलाई बचाउन जाँदा श्रीमान पनि वेपत्ता भएको प्रहरी निरीक्षक बिसीले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया