थप २ हजार ७५ जना कोरोना सङ्क्रमित थपिए

 भदौ ०५, २०७८

तुलसीपुर । पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् । कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ । थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हाल सम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३ दशमलब ३ प्रतिशत रहेको छ । यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया