पाण्डेको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलीसभा

 भदौ ०८, २०७८

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङ जिल्ला कमिटीको आयोजनामा तुलसीपुर–८ अश्वारामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेकी ममतामयी आमा स्वर्गीय अमृता पाण्डेको १३औं दिनको पुण्यतिथिका अवसरमा नेकपा एमालेले कार्यक्रमको अयोजना गरेको हो । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व वनमन्त्री लिला गिरीले पार्टी संगठन निर्माणमा स्वर्गीय पाण्डेको ठूलो योगदान रहेको बताउँदै नगर प्रमुख पाण्डेलाई संस्कार दिने र समाज रुपान्तरणमा लाग्न प्रेरित गर्ने त्यस्ता आमाको सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

श्रद्धाञ्जली सभामा नेकपा एमाले राष्ट्रिय परिषद सदस्य द्धोय छविलाल वली, गिरीराज केसी, जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली, एमाले नेताहरु सम्भु गौतम, टोपेन्द्र केसी, विवेक श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रवक्ता सुर्य बहादुर डाँगी, कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी लगाएतले स्वर्गीय अमृता पाण्डेको व्यक्तित्वका विषयमा चर्चा गर्नुभएको थियो ।

जिल्ला कमिटिका अध्यक्ष हुकुम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन स्वर्गीय अमृताका जेष्ठ सुपत्र घनश्याम पाण्डेले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया