स्यानिटाइजर पिउँदा एक जनाको मृत्यु

 भदौ १२, २०७८

धनगढी । धनगढी उपमहानगरपालिका-१२ डी गाउँका टीकाराम बराइलीको स्यानिटाइजर पिउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार बराइलीले भदौ ९ गते स्यानिटाइजर पिएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको हो । स्यानिटाइजर के कारणलेसेवन गरे भन्नेबारे खुलेको छैन।

तपाईंको प्रतिक्रिया