जन्मदिनको अवसरमा पत्रकार गुप्ताले गरे रक्तदान

 भदौ १८, २०७८


ओमप्रकाश गुप्ता, देउखुरी । रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोष कुमार गुप्ताले रक्तदान गर्नु भएको छ । गुप्ताले आफ्नो ३२ औं जन्म दिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीमा पुगेर रक्तदान गर्नु भएको हो । “रक्तदान जीवन दान” भन्ने कुरालाई आत्मसाथ गर्दै समाजमा सामाजिक कार्यमा सहयोग पुगोस भनेर आफुले रक्तदान गरेको गुप्ताले बताउनु भयोे ।

त्यसै गरी गुप्ताले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा सडक आश्रिम आमाबुवाहरुलाई फलफूल र मिठाई वितरण समेत गर्नु भएको छ । आश्रममा गएर गुप्ताले फलफूल र मिठाई प्रदान गरेर आर्शिवाद लिनु भएको छ । जन्म दिनमा फजुल खर्च गर्नुभन्दा बढ्दै गैरहेको बिकृतीलाई रोक्न यस्तो कार्य गरेको गुप्ताले बताउनुभयाे ।

तपाईंको प्रतिक्रिया