एमसिसी संशोधन हुनुपर्ने एमालेकोे निष्कर्ष

 भदौ २६, २०७८

तुलसीपुर । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको संशोधन सहित एमसिसीलाई अगाडि बढाउनेसुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

स्थायी समिति बैठक पछि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकारहरुसंग कुरा गर्दै भट्टराईले एमसिसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा एमाले नरहेको तर एमसिसीमा भएका कतिपय व्याख्याहरुलाई पुनव्र्याख्या गर्नुपर्ने सर्त भने रहेको बताउनुभयो । एमसीसीलाइ अझै बढी राष्ट्रिय हित अनुकूल बनाउनुपर्ने रहेको र यी सबै कुरामा आवश्यक संशोधन गरेर एमसिसी अगाडि बढाउने भन्ने बारेमा निर्णय भएको उहाँको भनाइ छ ।

तत्कालीन नेकपाको तीन सदस्यीय कार्यदलको निर्णयमा नै अहिलेको एमाले अडिग रहेको छ । यस्तै एमाले सचिव भट्टराईले १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको पनि बताउनुभयो ।

तपाईंको प्रतिक्रिया