१ लाख ३५ हजार नगद सहित दाङमा १२ जुवाडे पक्राउ

तुलसीपुर । दाङमा जुवा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका ९ निवासी ३९ वर्षिय बालाराम बाठा, सोही गाउँपालिका १ निवासी ३२ वर्षिय नोखलाल गिरी, सोही ठाउँ निवासी २९ वर्षिय नारायण वली, वडा नं. ५ निवासी २० वर्षिय विराज कंवर, वडा नं. ९ निवासी ३३ वर्षिइ जोद बहादुर कंवर, ३७ वर्षिय पुर्ण बहादुर कंवर, वडा नं. १ निवासी ३१ वर्षिय गजेभान वली, ४३ वर्षिय कोच बहादुर वली, वडा नं. ९ निवासी ५५ वर्षिय परसरा भण्डारी, वडा नं. २ निवासी ५७ वर्षिय बल बहादुर बुढा, २१ वर्षिय सुरेश कंवर र वडा नंं. ९ निवासी दुर्गा बहादुर कंवर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ पुरानो बसपार्क स्वर्गद्धारी टोलमा रहेको परसरा नास्ता तथा खाजाघरबाट उनिहरुलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए । उनिहरुको साथ बाट १ लाख ३५ हजार रुपैया नगद र ६ गड्डी तास समेत बरामद गरिएको छ ।
तपाईंको प्रतिक्रिया