राष्ट्रपतिबाट बजेट प्रमाणीकरण,हट्याे सटडाउन

 असोज ०७, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट (विनियोजन विधेयक, २०७८) प्रमाणीकरण गरेकी छन् । यससँगै सटडाउन हटेको छ । अब सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुलेको छ । संघीय संसदका दुवै सदनबाट पारित भएको बजेटलाई सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए ।

राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) मा भएको व्यवस्थाबमोजिम बजेट प्रमाणीकरण गरेकी हुन् । सरकारले अघिल्लो सरकारले जारी गरेको बजेटलाई परिमार्जन गरेर विनियोजन विधेयक जारी गरेको हो ।

तपाईंको प्रतिक्रिया