दाङका चार जनामा कोरोना संक्रमण

तुलसीपुर । दाङमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर परिक्षण गर्दा ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा घोराहीका ३ र तुलसीपुरका १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
त्यस्तै आज दाङका ८ जना कोरोना मुक्त भएका छन् । जसमा घोराही र तुलसीपरका ३/३ जना रहेका छन् । आज थप ४ जना सँगै दाङमा सकृय बिरामीको संख्या ७२ रहेको छ । ति मध्य घरमा ६४ जना, ८ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।
तपाईंको प्रतिक्रिया