कर्मचारी युनियन तुलसीपुरको अध्यक्षमा सापकोटा

तुलसीपुर । तुलसीपुर उपमहानगरस्तरीय नेपाल निजामति कर्मचारी युनियन गठन गरिएको छ । वडा नम्बर ९ का वडा सचिव समेत रहनुभएका यमनारायण सापकोटाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा रामकुमारी मरासिनी र रमा पराजुली रहेका छन् । समितिको सचिवमा होमजंग विके रहेका छन् । काजु शर्माको अध्यक्षता तथा नेपाली कांग्रेसका सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
तपाईंको प्रतिक्रिया