कात्तिक २९ गते सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ। संसदीय मर्यादा कायम गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेजस्ता नारा लगाउँदै एमाले सांसदले बैठकमा अवरोध गरेका हुन्। एमाले फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि लगाउँदै आएको छ। आफूहरूले कारबाही गरेका सांसदको सूची सभामुख सापकोटाले टाँस नगरेको एमालेको भनाइ छ।
एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा नेकपा ९एकीकृत समाजवादी० गठन भएको थियो। सभामुख सापकोटाले बाढीपहिरोलगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकोले संसद सञ्चालन गर्न सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए । एमालेको अवरोधबीच नै सभामुख सापकोटाले संसदको कामकारबाही अगाडि बढाएका छन्। राष्ट्रपति कार्यालयबाट प्राप्त उद्योग मन्त्रीले राजीनामा दिएको र उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई नै तोकिएको पत्र सभामुख सापकोटाले पढेर सुनाएका थिए । साथै संसदको अर्को बैठक कात्तिक २९ गते सोमबार दिउँसो १ बजेम्मका लागि स्थगित गरिएको छ।
तपाईंको प्रतिक्रिया