पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनहरु को माग
काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी ६ संगठनहरुले माग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका अध्यक्ष देवेन्द्र कुँवर, विप्लवनिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आम नेपालीको जनजीवन कठिन बनाएको ठहर गरेका छन् ।
दैनिक जनजीवन सँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडवाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनतालाइ मर्का परेको कारण बिरोध गर्नु परेको एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया