राष्ट्रपति भण्डारी आज लुम्बिनी आउँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउँदैछिन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ह्वाइट जेड स्टोन धातुको बुद्धमूर्ति अनावरण गर्न र लुम्बिनीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आउन लागेकी हुन् । राष्ट्रपति भण्डारीले लुम्बिनीमा बज्रयानी विहारको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले विमानस्थलमा बुद्ध मूर्ति आइतबार १ बजे अनावरण गर्ने कार्यक्रम रहेको बताए ।
लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीका अनुसार म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्ति १।९ मिटर लम्बाई र ६० सेन्टीमिटर चौडाई तथा १ हजार ८ सय किलोको छ । म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । साढे दुई अर्बको मूर्ति अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार शुल्क नलाग्ने गरी भित्र्याइएको हो ।
तपाईंको प्रतिक्रिया