अनेरास्ववियू (क्रान्तिकारी) बाँफिकोट गाउँपालिका को बैठक सम्पन्न
रुकुम पश्चिम । अनेरास्ववियू (क्रान्तिकारी) बाँफिकोट गाउँपालिका को बैठक सम्पन्न भएको छ । शनिबार टेकराज रसाईलिको अध्यक्षता मा बाँफिकोटमा सम्पन्न गाउँपालिका कमिटीको बैठकले बिभिन्न निर्णय हरु गरेको संगठनका अध्यक्ष टेकराज रसाइलीले बताउनुभयो ।
बैठक ले शैक्षिक समस्या पहिचान गरी प्रतिबेदन तयार गर्ने , बिधालय समयमा कुनै पनि शिक्षक ले लागू पदार्थ सेवन गर्ने गरेको पाईएमा शिक्षकलाई संठगनले कारबाहि गर्न , संठगनले विद्यार्थी कल्याणकारी कोष निर्माण गर्ने लगायत निर्णय गरेको रसाइलीले बताउनुभयो । अनेरास्ववियू (क्रान्तिकारी) बाँफिकोट गााँउपालिका को संप्रक कार्यालय स्थापना गर्नेु का साथै पालिका भित्र का सहीत परिवार लाई सम्मान गर्ने र भौतिक संरचनाको आधारमा मात्र विद्यार्थी भर्ना दर कायम गराउन पहल गर्ने , पालिका भित्रका बिधालय मा इन्चार्ज तोकि कार्य क्षेत्र बिभाजन गरएिको बैठकमा सहभागी अखिल (क्रान्तिकारी) का जिल्ला कोषाअध्यक्ष किरण वि.क. ले जानकारी दीनु भयो ।
बैठकमा नेकपा माओवादी केन्द्र का कर्णाली प्रदेश कमिटी सदस्य एवं बाँफिकोट गाउँ पालिका का अध्यक्ष धर्म बहादुर के.सी. , अनेरास्ववियू (क्रान्तिकारी) का कर्णाली प्रदेश कमिटी सदस्य तुल देवकोटा , अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष नारायण के.सी. जिल्ला कमिटी कोषाध्यक्ष किरण वि.क.लगायत को उपस्थित थियो ।
तपाईंको प्रतिक्रिया