बेलायतमा ‘ओमिक्रोन आपतकाल’ घोषणा

 मङि्सर २७, २०७८

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् ।

जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो । ‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि शंका गर्नु हुँदैन’, टेलिभिजनमा सम्बोधन गर्दैं जोनसनले भने, ‘नयाँ भेरियन्टविरुद्धको लडाइँमा हामीले एउटा आपतकाल सामना गरिरहेका छौं ।’

तपाईंको प्रतिक्रिया