पछिल्लो एक हप्तामै ८३ प्रतिशतले बढ्योअफ्रिकामा कोरोना भाइरसको सङ्क्रमण

 मङि्सर २९, २०७८

काठमाण्डौ । अफ्रिकामा कोरोना भाइरसको संक्रमण एक हप्तामै ८३ प्रतिशतले बढेको छ । पछिल्लो एक हप्तामा कोरोनाको संक्रमणदर ८३ प्रतिशतले बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि ७० प्रतिशतले बढेको बीबीसीले जनाएको छ । तर मृत्युदरमा भने विगतको तुलनामा अस्वभाविक कमि देखिएको खबरमा उल्लेख छ ।

अस्पतालमा भर्ना भएकाहरुमध्ये जटिल समस्याका बिरामीको संख्या पनि विगत लहरको तुलनामा कम रहेको छ । सात प्रतिशत संक्रमित आईसीयूमा रहेको र १४ प्रतिशतलाई अक्सिजनको आवश्यकता रहेको खबरमा उल्लेख छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकामा संक्रमणदर उच्च रहे पनि सावधानीपूर्वक आशावादी रहने अवस्था देखिएको बताएको छ । डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मात्शिदिसो मोइतीले अघिल्लो लहरको तुलनामा सिकिस्त बिरामी पर्ने र ज्यान गुमाउनेहरुको संख्या निकै कम रहेकाले आत्तिन नपर्ने तर सावधान रहनुपर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया