तुलसीपुर महोत्सबमा आज चर्चित कलाकारले मञ्च तताउने

 पुष ०३, २०७८

तुलसीपुर । तुलसीपुरमा जारी महोत्सबको तेस्रो दिन आज पनि चर्चित कलाकारको सहभागीता रहने भएको छ । आज शनिवार केन्द्रीय कलाकार प्रकाश सपूत,टीका पुन, शक्ति चन्द,गोविन्द मधुर आचर्य,प्रकाश कडेलको प्रस्तुती रहने सांकृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिनुभएको छ । आजको कार्यक्रमको सन्चालन बिस्नु माया पौडेलबाट हुने छ ।

महोत्सवमा हिजो कलाकार समिक्षा अधिकारी,नरेश खाती लगायतको प्रस्तुती रहेको थियो । कृषी, पर्यटन, व्यापार औद्योगिक क्षेत्रको विकास र पवद्र्धन गर्ने उद्देश्यले तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा पुस १ गतेदेखि सुरु भएको तुलसीपुर महोसत्व १२ गतेसम्म संचालन हुने छ ।

तपाईंको प्रतिक्रिया