तुलसीपुर १० मा माघि मिलन कार्यक्रम हुदै

 पुष २३, २०७८


तुलसीपुर । माघि पर्व नजिकिएसगैं थारु समुदायमा रौनकता बढ्न थालेको छ । विभिन्न स्थानमा माघि महोत्सवको आयोजना गरिएको छ । यसैक्रममा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १० नयाँ गाउँमा पौष २६ गते माघि मिलन कार्यक्रम हुदै छ । संयुक्त टोल विकास सस्थाको आयोजनामा कार्यक्रम हुन लागेको अध्यक्ष माघु चौधरीले जानकारी दिनुभएको छ । कार्यक्रममा थारु कला संस्कृती झल्कने सास्कृतीक प्रस्तुती हुने छन ।

यसका साथै थारु परीकारको समेत ब्यवस्था गरिने छ । त्यस अवसरमा गायक प्रेम बिवश घर्ति,रोशन रत्गैया,एच. आर. मगर लगायतको प्रस्तुती रहने छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभाका सदस्य हिरा चन्द्र केसी रहनुहुने छ । यसका लागी तयारी तीब्र पारीएको ब्यवस्थापक ब्यवस्थापक सन्तोष वलीले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया