असार ५ गतेदेखि तुलसीपुरको १९औँ नगरसभा, बजेट असार ८ गते प्रस्तुत हुने

 ४ घण्टा अगाडि

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको १९औँ नगरसभा आगामी असार ५ गतेदेखि सुरु हुने भएको छ। नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा बसेको ४८औँ कार्यपालिका बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम असार ५ गते नगरसभामा प्रस्तुत गर्ने तथा असार ८ गते बजेट पेश गर्ने निर्णय गरेको हो।

बैठकले नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी असार १० गते नगरसभाबाट पारित गर्ने कार्यतालिका पनि तय गरेको छ। आगामी आर्थिक वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रम कार्यपालिका बैठकबाट अनुमोदन भई नगरसभामा पेश गरिने उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रत्येक वडालाई एक करोड रुपैयाँका दरले बजेट सिलिङ उपलब्ध गराएको छ। सोही आधारमा वडाहरूले स्थानीय आवश्यकता अनुसार योजना तथा कार्यक्रम छनोट गरी असार ५ गतेभित्र उपमहानगरपालिकामा पेश गर्न निर्देशन दिइएको छ।

बैठकले आगलागीका घटनामा परी ज्यान गुमाएका दुई परिवारलाई जनही २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

तपाईंको प्रतिक्रिया