विश्वभर १५ लाख नयाँ सङ्क्रमित थपिँए

 माघ १८, २०७८

काठमाडौं । विश्वभर ७ करोड ३० लाख कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन्। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार संसारभर ७ करोड ३० लाख ४४ हजार ७०४ जना सक्रिय सङ्क्रमित छन्।

जसमध्ये ९३ हजार ३५२ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ। अहिलेसम्म ३७ करोड ७२ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २९ करोड ८५ लाख निको भएका छन्। ५६ लाख ८९ हजारको भने मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख नयाँ सङ्क्रमित थपिँदा १९ लाखले कोरोना जितेका छन्। ६ हजारको भने मृत्यु भएको छ।

तपाईंको प्रतिक्रिया