टरिगाउँ विमानस्थलको स्तरोन्नतीका लागी खुत्रुके अभियान

 फागुन ०२, २०७८

तुलसीपुर । तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नतीका लागी खुत्रुके अभियान सुरु गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा खुत्रुके अभियानको सुरुवात गरिएको हो । संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसी, राष्टिय सभा सदस्य कोमल वली, तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डे लगायतको सहभागीता रहेको थियो ।

यसैविच उक्त अभियानमा संघका अध्यक्ष चालीलेसे ५१ हजार रुपैया जम्मा गर्नुभएको छ । कोषाध्यक्ष देव बहादुर केसीलाई चेक हस्तान्तरण गर्नुभएको छ । तुलसीपुर उद्योग बाणिज्य संघ एयरपोट नाममा राष्ट्रिय बाणिज्य बैंकमा खाता संचालन गरिएको छ । बैंकको खाता नम्बर ४१६०१०००००००७००६ मा स्वेच्छीक रुपमा रकम जम्मा गर्ने गरी अपिल समेत गरिएको छ ।

तपाईंको प्रतिक्रिया