प्रकृती र संस्कृतीको सदुपयोग गरौं: पाण्डे

 फागुन ०८, २०७८

दिप्तीशिखा चौधरी, दंगीशरण । दंगीशरण गाउपालिका र ग्रीन फाउण्डेसन नेपाल दाङको सयुक्त आयोजनामा दिगो वनव्यवस्थापन सम्वन्धि स्थानीय वहु सरोकारवालाहरु संगको छलफल कार्यक्रम सम्पन्नभएको छ । कार्यक्रममा प्रमुख अतीथि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले प्राकृतिक उत्पादनलाई दिगो रुपमा लैजान सके ब्यवसायीक बन्न सकिने बताउनुभएको छ ।

प्रकृती र संस्कृतीको सहि उपयोग गर्न सके जिवन स्तर बद्लीन सक्ने कुरामा जोड दिएका थिए । एक सामुदायीक वन,एक उद्यम भन्ने नारालाई आत्मसाथ गर्दै अगाडि बढेमा रोजगार सिर्जना गर्न सकिने बताए । वनको दिगो ब्यवस्थापनगरि ब्यवसाय बढाउनुपर्ने कुरामाजोड दिदै प्राकृतीक स्रोतको पहिचानगरि बजारीकरण गर्न सके राम्रो आम्दानी हुने बताए ।

कार्यक्रममा विशीष्ट अतीथि दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले वन संरक्षण संगसंगै यसलाई उद्यमसंग जोड्दै लग्नुपर्ने बताए । ग्रीन फाउण्डेसनको दिगो वन ब्यवस्थापन कार्यक्रमलाई दिगो रुपमा लैजानका लागि वनलाई मानीसको जिवीकोपनर्जन संग जोड्नुपर्ने बताउँदै यसलाई संरक्षण गर्नुपर्ने बताएका थिए । कार्यक्रममा वडा अध्यक्ष श्रीप्रशाद चौधरीले आम वनउपभोक्ता समितीहरु आयआर्जनमूखी वन्नका लागि वन ब्यवस्थापनगर्न जरुरी रहेको बताए । । राष्ट्रिय युवा परिषद्का अध्यक्ष शुरेस रावतले ग्रीन फाउण्डेसनले कृषि जन्य उत्पादनलाई बढवा दिने भएकाले दंगीशरण गाउँपालिकाको कृषिजन्य वस्तुलाई बजारीकरण गर्न तर्फ लाग्नुपर्ने बताए ।

ग्रीन फाउण्डेसन दंगीशरणका संयोजक एम.एन शाहको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण दंगीशरण ग्रीन फाउण्डेसनका परियोजना संयोजक दिपक परियारले गरेका थिए । कार्यक्रममा ३० वटा सामुदायीक वनका प्रतीनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया