घरजग्गादेखि सेयरसम्मको कर्जा प्रवाहमा कडाइ

 फागुन १२, २०७८

काठमाडौँ । जोखिम भार बढाएर नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट, व्यक्तिगत सवारी साधन खरिद, रियल इस्टेट, सेयर धितोलगायत तुलनात्मक रूपमा अनुत्पादक भनिएका क्षेत्रको कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ती क्षेत्रको कर्जा प्रवाहमा कडाइ गर्ने घोषणा गरेको थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि बुधबार एकीकृत निर्देशन संशोधन गरेर ती क्षेत्रको जोखिम भार बढाइएको हो  ।

जोखिम भार बढेपछि तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्दा बैंकले अतिरिक्त पुँजी (पुँजी कोष अनुपात) को व्यवस्था गर्नुपर्ने भएकाले उनीहरूको कर्जा प्रवाह क्षमता घट्छ । अतिरिक्त पुँजी व्यवस्था गर्नुपर्दा बैंकको लागत बढ्छ । लागत बढेपछि बैंकहरूले कर्जाको ब्याज तय गर्दा प्रियिमय बढाउँछन् । यसरी तुलनात्मक रूपमा त्यो क्षेत्रको कर्जा महँगो हुन जान्छ । यसकारण जोखिम भारमार्फत कम उत्पादनमूलक मानिएका क्षेत्रमा जाने कर्जामा राष्ट्र बैंकले कडाइ गर्ने नीति लिएको हो । तोकिएका क्षेत्रमा राष्ट्र बैंकले दोब्बरसम्म जोखिम भार बढाएको छ ।

तपाईंको प्रतिक्रिया