सुन आयातमा राष्ट्र बैंकको कडाइ

 फागुन २२, २०७८

काठमाण्डाै ।  नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज आइतवार निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने जनाएको छ । 

सुन आयातकै लागि ठूलो रकम विदेशिँदा विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले दैनिक २० किलोको कोटाबाट घटाएर १० किलोमा झारेको हो ।  व्यवसायीले सुन आयातको कोटा बढाइदिन आग्रह गरिरहेका बेला राष्ट्र बैंकले भने उल्टै घटाइदिएको हो । 

तपाईंको प्रतिक्रिया