भारतमा साढे ३ हजार कोरोना संक्रमित थपिए

 फागुन २७, २०७८

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण दर निकै तल झरेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६५६ जना संक्रमित थपिएका छन् । यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड २९ लाख ८३ हजार ७२३ पुगेको छ । तीमध्ये ४ करोड २४ लाख २० हजार १२० जना निको भइसकेका छन् ।

पछिल्लो एक दिनमा २५५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५ लाख १५ हजार ७४५ पुगेको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या ५० हजारभन्दा तल छ ।

तपाईंको प्रतिक्रिया