थप ५८ जनामा कोरोना संक्रमण

 फागुन ३०, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३९ पीसीआर परीक्षणमा ५० जना र एक हजार ८७९ एन्टिजेन परीक्षणमा आठ जना गरी ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छैन । संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार हजार ८१९ रहेको छ ।

तपाईंको प्रतिक्रिया