२४ घण्टामा १२ जनामा काेराेना सङ्क्रमण

 चैत २५, २०७८

काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ४९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै २४ घण्टामा ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा ६ सय ६९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।  यही अवधिमा २६ हजार ४५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ । 

तपाईंको प्रतिक्रिया