इन्धन खर्चमा २० प्रतिशत कटौती

 चैत २८, २०७८

अर्थ मन्त्रालयले सरकारी निकायको इन्धन खर्च २० प्रतिशत घटाउने निर्णय गरेको छ । २० प्रतिशत इन्धन खर्च कटौती गर्न मन्त्रिपरिषद्बाट प्रस्ताव पारित गरिएको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार अहिले राज्य कोषबाट इन्धन सुविधा लिइरहेका पदाधिकारीको सुविधा २० प्रतिशत कटौती गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक बिदाबारे आवश्यक निर्णय लिन पनि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको जानकारी दिए । ‘अहिले अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी सरकारी निकायको इन्धन खर्च घटाउने गरी २० प्रतिशत घटाउने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरेका छौं,’ मन्त्री शर्माले भने, ‘सार्वजनिक बिदाबारे आवश्यक निर्णय लिन पठाएका छौं ।’

तपाईंको प्रतिक्रिया