सीवाईसीकाे आईपीओको बिक्री खुल्याे

 बैशाख ०२, २०७९

काठमाण्डाै । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कुल निष्कासनमध्ये पाँच प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर नागरिकलाई छुट्याइएको छ ।

तपाईंको प्रतिक्रिया